दफा २६ज
मूल्य निर्धारण समिति गठन हुने
(१) दफा २६ङ. बमोजिम जग्गाको मूल्य निर्धारण गर्नको निमित्त प्रत्येक जिल्लामा देहाय बमोजिमको एक मूल्य निर्धारण समिति रहनेछः-
(क) कार्यालयको प्रमुख - सँयोजक
(ख) जग्गा रहेको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत स्तरको प्रतिनिधि "सदस्य
(ग) जिल्ला प्रशासन कार्यालयको _अधिकृत स्तरको कर्मचारी - सदस्य
(घ) प्रतिनिधि, आन्तरिक राजस्व कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालय - सदस्य
(ङ) नापी कार्यालयको प्रमुख - सदस्य
(च) कार्यालयको वरिष्ठ कर्मचारी - सदस्य-सचिव

(२) उपदफा (१) बमोजिम समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गर्नेछ ।